नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई लाभांश नदिने भएको छ ।
कम्पनी सचिव कमल प्रसाद शर्माका अनुसार कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले वित्तीय विवरणहरु भने राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पठाउने भएको छ । सो विवरण आएपछि भने कम्पनीले वार्षिक साधारण सभा बोलाउने जनाएको छ ।
















