साढे ३ अर्बको कारोबारसहित १३.८८ अंकले घट्यो शेयर बजार  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साढे ३ अर्बको कारोबारसहित १३.८८ अंकले घट्यो शेयर बजार 



काठमाडौं । आज सोमबार पनि शेयर बजार घटेको छ । आइतबार करिब २० अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार पनि १३.८८ अंकले घटेको छ । 

आज नेप्से ०.५३ प्रतिशतले घटेर २५८२१ विन्दुमा परिसूचक आइपुगेको छ । आज दिनभरमा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०० वटा कम्पनीको शेयर मुल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३३२ वटा कम्पनी कारोबारमा आउँदा ६५ हजार ३१२  पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये ट्रेडिङ समूह बाहेक सबै समूह घटेको छ । 


प्रतिक्रिया दिनुहोस्