प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याटमा जम्मा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याटमा जम्मा



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ । कम्पनीको २९औँ वार्षिक साधारण सभालले पारित गरेको १८ प्रतिशत बोनस शेयर जम्मा भएको हो ।

कम्पनीको गत साउन २३ गते सम्पन्न भएको वार्षिक साधारणसभाले साउन १ गतेसम्म कायम शेयरधनीलाई बोनस दिएको थियो ।

शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार सोही बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको हो। यो बोनस शेयर पुस १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ । बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि मात्रै डिम्याट खातामा पठाइने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्