ग्रामीण विकास र समाज लघुवित्त मर्जरपछि भोलीबाट कारोबारमा आउने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्रामीण विकास र समाज लघुवित्त मर्जरपछि भोलीबाट कारोबारमा आउने 



काठमाडौं । ग्रामीण विकास लघुवित्त र समाज लघुवित्तबिच मर्जर भएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर भोलि मंगलबारबाट कारोबारमा आउने भएको छ ।

उक्त लघुवित्तको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । 

ग्रामीण विकास र समाज लघुवित्त १:१ शेयर स्वाप रेसियोमा एक–आपसमा मर्ज भएका हुन् । मर्जरपछि संस्थाको १ करोड ५३ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले ग्रामीण विकासलाई प्रतिकित्ता ८०४.९१ रुपैयाँ निर्धारण गरेको छ । भोलि यही मूल्यबाट यो संस्थाको शेयर कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्