लाभांश पारित गर्न जीवन विकास लघुवित्तले डाक्याे साधारण सभा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सातौँ वार्षिक साधारणसभा डाकेको छ।
मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले यही पुस २९ गते मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे साधारणसभा बाेलाएकाे हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १४.७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशत नगद लाभांश छन्।
सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव वा निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले अन्य उपयुक्त लघुवित्त संस्था मर्जर वा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
















