मेरो माइक्रोफाइनान्सकाे ५ प्रतिशत लाभांश घाेषणा
काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ काे वितरणयाेग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले ५ प्रतिशतले हुन आउने ७ कराेड ९ लाख ५० हजार रूपैयाँ लाभांश वितरण गर्ने छ । जसमा ४.७५ प्रतिशतले हुन आउने ६ कराेड ७४ लाख २ हजार ५०० रूपैयाँ बाेनस सेयर र ०.२५ प्रतिशतले हुन आउने ३५ लाख ४७ हजार ५०० रूपैयाँ नगद रहेकाे छ ।
याे लाभांश नृपाल राष्ट्र बैंक तथा यस सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
















