मंगलबार नेप्सेमा सामान्य सुधार, कारोबार भने बढ्न सकेन
काठमाडौं । चार दिनदेखि लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.२७ अंकले बढेर २५ सय ८४ दशमलव ४९ बिन्दुमा रोकिएको छ ।
नप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३२८ कम्पनीकाे ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ कराेड २१ लाख ९३ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३ सय ३२ वटा कम्पनीको ९१ लाख ६७ हजार कित्ता शेयर ३ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज विकास बैंक, लगानी, जीवन बीमा, म्युच्युअल फण्ड, निर्जीवन बिमा र व्यापार समुहकाे सेयर घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर बढेकाे छ । यसदिन अन्य समुह सर्वाधिक १.२८ प्रतिशत बढेकाे छ ।
















