सामलिङ्ग पावर कम्पनीले हकप्रद शेयर ल्याउने  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सामलिङ्ग पावर कम्पनीले हकप्रद शेयर ल्याउने 



काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार साझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । सोही सभाले कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर पारित गर्ने कम्पनीका सचिव अनिता खत्रीले जानकारी दिइन् । 

खत्रीको अनुसार कम्पनीले लाभांश भने नदिने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । 

सभा र हकप्रदका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १५ गतेसम्म कायम हरेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयरमा भाग लिन पाउने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ बराबरको छ । 


प्रतिक्रिया दिनुहोस्