राप्ती हाईड्रोले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार साझ ४:३० बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
कम्पनीले १ को अनुपातमा ०.४६६१ शेयर हकप्रद शेयर जारी गर्ने कम्पनीको परिपालन अधिकृत प्रवीन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कम्पनीले हकप्रद प्रतिकित्ता १०० रुपैयाँ दरले ५७ करोड १३ लाख रुपैयाँ बराबरको निष्काशन गर्ने छ ।
कम्पनीले ५७ लाख १३ हजार ३४ कित्ता शेयर निष्काशन गर्ने छ । उक्त हकप्रद आगामी बस्ने साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।
















