लुम्बिनी विकास बैंकले लाभांश नदिने
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको सोमबार ४:३० बजे बसेको ५१४ औँ सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरेको कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार उक्त प्रतिवेदन आगामी १८ औँ साधारण सभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।















