आरम्भ चौतारीले बोलायो साधारण सभा, मर्जरमा जाने प्रस्ताव
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको सोमबार अपरान्ह ५ बजे बसेको १७०औँ सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले जानकारी दिए ।
कम्पनीले पुस २९ गते काभ्रेपलान्चोक बनेपा–८ मा भएको बनेपा भेन्यूमा बिहान ९ बजेदेखि सभा बस्ने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
मर्जरको प्रस्ताव अगाडि सारिएको छ । कम्पनीले भविष्यमा कुनै वित्तीय संस्था एक आपसमा मर्जर गर्ने आवश्यक कामहरू गर्ने सञ्चालकलाई अख्तियारी दिने प्रस्ताव छ । शेयर स्वामीत्व समेत परिमार्जन गर्ने कम्पनीले एजेन्डा रहेको छ ।
















