लक्ष्मी लघुवित्तको साधारण सभा पुस २९ गते, मर्जरमा जाने प्रस्ताव  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लक्ष्मी लघुवित्तको साधारण सभा पुस २९ गते, मर्जरमा जाने प्रस्ताव 



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर प्रसाद श्रेष्ठका अनुसार २९ गते बिहान ११ बजे काठमाडौंको कमलपोखरीमा भएको अग्रवाल भवनमा बिहान ११ बजेदेखी सभा बस्ने भएको छ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ । कम्पनीले यो वर्ष कुनैपनि लाभांश प्रस्ताव गरेको छैन । 

कम्पनीले विशेष प्रस्तावको रूपमा मर्जरमा जाने प्रस्ताव अगाडि सारेको छ । आगामी बस्ने सभाले अन्य लघुवित्तसँग मर्जर गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रिया गर्ने अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ । 


प्रतिक्रिया दिनुहोस्