७ श्रावण २०८३, बिहिबार

गोर्खाज फाइनान्सले बोलायो साधारण सभा, मर्जरमा जाने प्रस्ताव 



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीका सचिव यान सि राईका अनुसार कम्पनीको सोमबार बसकेको ५३६ औँ सञ्चालक समितिको बैठकले कम्पनीले पुस २९ गते सभा गर्ने निर्णय गरेको छ । 

कम्पनीले काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्गवेटमा ३१औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । 

सभामा मर्जरको प्रस्ताव गरिएको छ । अन्य कुनैपनी उपयुक्त फाइनान्ससँग मर्जरमा जाने सम्बन्धमा सभाले प्रस्ताव पारित गर्ने छ । 


प्रतिक्रिया दिनुहोस्