आजसम्म सेयर किन्नेले आइएमई लाइफ ०.५२ प्रतिशत लाभांश पाउने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस ११ गते बुक क्लोज गर्दैछ। जसअनुसार आजसम्म सेयर किन्नेले कम्पनीले घाेषणा गरेकाे १०.५२ प्रतिशत लाभांश पाउनेछन् ।
कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस २४ गते काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६३२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
















