नेपाल दूरसञ्चार कम्पनीले ३० प्रतशित लाभांश दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल दूरसञ्चार कम्पनीले ३० प्रतशित लाभांश दिने



काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने ३० प्रतशित लाभाैश दिने घाेषणा गरेकाे हाे ।

सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्