प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश दिने नेपाल टेलिकमकाे घाेषणा
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालयको स्वीकृतिपछि लाभांश १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।













