एनएनलजी इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारितसहित अरू के-के छन् एजेण्डा ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएनलजी इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारितसहित अरू के-के छन् एजेण्डा ?



काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेकाे छ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यही पुस ३० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब ६६ करोड ७८ लाख ३३ हजार ४०९ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्