अरुण भ्याली हाइड्रोपावरले घटायाे प्रस्तावित लाभांश - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अरुण भ्याली हाइड्रोपावरले घटायाे प्रस्तावित लाभांश



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रस्तावित लाभांश घटाएकाे छ । आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गर्दै घटाएकाे हाे ।

कम्पनी सञ्चालक समितिको यसअघिको बैठकले प्रस्ताव गरेको हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश विद्युन नियम आयोगले संशोधन गर्दै घटाएको हो।

अब कम्पनीले कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ नगद लाभांश छन्। यो लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस ३० गते २८ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


प्रतिक्रिया दिनुहोस्