५० करोड रुपैयाँको सतप्रतिशत हकप्रद शेयर जारी गर्दै सामलिङ पावर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५० करोड रुपैयाँको सतप्रतिशत हकप्रद शेयर जारी गर्दै सामलिङ पावर



काठमाडौं । सामलिङ पावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता हकप्रद आफ्ना शेयरधनीहरुलाई ल्याउने तयारी गरेको हाे।

हकप्रद शेयर जारी गर्ने निर्णय आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्