सेयर बजार सामान्य अंकले बढ्यो, काराेबार रकम घट्याे - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सेयर बजार सामान्य अंकले बढ्यो, काराेबार रकम घट्याे



काठमाडाैं । बुधबार पनि सेयर बजार सामान्य अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक १.३७ अंकले बढेर २५ सय ८५ दशमलव ८७ बिन्दुमा झरेकाे छ ।

नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यसदिन ३३४ कम्पनीकाे ७२ लाख २४ हजार ९१७कित्ता सेयर ३ अर्ब २२ कराेडमा ४६ लाख ६४ हजार रूपैयाँ बराबर काराेबार भएकाे छ ।

हिजाे ३ सय २८ वटा कम्पनीका ७६ लाख ६८ हजार कित्ता शेयर ३ अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा, माइक्राेफाइनान्स र अन्य समुहकाे सेयर घटेकाे छ भने बाँकी समुहकाे सेयर बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्