नेष्डो समृद्धि लघुवित्तको साधारण सभा आह्वान, मर्जरको प्रस्ताव
काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंगलबार बसेको ११९औँ सञ्चालक समितिको बैठक अनुसार कम्पनीले पुस ३० गते वार्षिक सभा गर्ने भएको हो ।
कम्पनीले पर्वतको रोयल रिसोर्ट कुश्मामा बिहान ११:३० देखि सभा आह्वान गरेको छ ।
सभामा मुख्य एजेन्डाको रुपमा मर्जरको प्रस्ताव अगाडि सारिएको छ । कम्पनीले अन्य लघुवित्तसँग मर्जरमा जानका लागि आवश्यक पर्ने अख्तियारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पारित गर्ने छ ।
त्यस्तै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, वासलात, नाफा, नोक्सान र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने समेत सभाको एजेन्डा रहेको छ ।
















