सूर्योदय वोमी लघुवित्तको साधारण सभा आह्वान
काठमाडौं । सूर्योदय वोमी लद्युवित्तको साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते ललितपुरको लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सेण्टरको सभाहलमा दिउँसो १२:३० देखि हुने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही वर्षको वासलात, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, लेखापरीक्षक सिफारिसको एजेन्डा रहेको छ ।
विशेष एजेन्डामा शेयर स्वामित्व परिवर्तन गरी संस्थापक ६७.२९ प्रतिशत कायम गर्ने भएको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने गरेको छैन ।













