छुट्ला है ! रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओ, आवेदन दिने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्ला है ! रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओ, आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओमा आवेदन दिने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि गत पुस ७ गते निष्काशन गरेकाे आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात निष्काशन गरेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्