मुग्लिन बजारमा आजदेखि ५ दिने सुन्तला महोत्सव सुरू - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुग्लिन बजारमा आजदेखि ५ दिने सुन्तला महोत्सव सुरू



काठमाडाैं । आजदेखि चितवनको मुग्लिन बजारमा सुन्तला महोत्सव आयोजना हुँदैछ । पुस ११ गतेदेखि शुरू हुने सुन्तला महोत्सव पुस १५ गतेसम्म चल्ने छ ।

दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा सुरु हुन लागेको हो ।

प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने छन् भने महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन हुने आयोजकको विश्वास छ ।

महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम आयोजना हुनेछन ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि रु १० करोडको कारोबार गर्ने गरेको बताए। यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्