एलआईसी नेपालको सदस्य अग्रवालले दिए राजीनामा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका सदस्यले राजीनामा दिएका छन् । एलाईसीका कम्पनी सचिव सुदर्शन गिरीका अनुसार सदस्य अशोक कुमार अग्रवालले राजीनामा दिएका हुन् ।
अग्रवालको राजीनामा स्वीकृति भइसकेको गिरीले जानकारी दिए । अग्रवालले दिएको राजीनामा कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको गिरीले बताए ।
अग्रवाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयर धनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व थिए ।













