हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ८ प्रतिशत नगद लाभांश घाेषणा
काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
पुस ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
















