बालेन र रवि एकताले शेयर बजारमा उछाल, एकै दिन ४७ अंकले बढ्याे नेप्से
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकताको सहमति भएपछि आज शेयर बजारमा उछाल आएको छ । आए एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको छ ।
आज नेप्से १.८३ प्रतिशतले बढेर परिसूचक २६३३.४२ विन्दुमा पुगेको छ । आज दिनभरमा ५ अर्ब ५३ करोड १३ लाख ७० रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भन २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार २५१ पटक शेयर किनबेच भएको थियो ।
आज १३ मध्ये सबै समूह हरियाली छाएको छ ।













