लाभांश प्रस्ताव पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्याे साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाभांश प्रस्ताव पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्याे साधारण सभा



काठमाडौं । लाभांश प्रस्ताव पारि गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आफ्नो ३२ औँ साधारणसभा आउँदो माघ ६ गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश ९करसहित० पारित गर्नेछ। सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


प्रतिक्रिया दिनुहोस्