टिकेन सेयर बजारको उत्साह, नेप्से र काराेबार दुबै घट्याे
काठमाडौं । आइतबार उत्साह देखिएको सेयर बजारमा सोमबार पुनः गिरावट आएको छ । हिजो ४७.५५ अबले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको हो ।
यसदिन १०.५३ अंकले घटेर २६ सय २२ दशमलव ८८ बिन्दुमा झरेको छ । आज विकास बैंक र म्युच्युअल फण्ड बाहेक सबै समुहको सेयर घटेको छ ।
घटेकाे बजारमा एसवाई प्यानल नेपाल र ग्लोबल आईएमई समुन्नत योजना २ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार पनि घटेकाे छ । आज ३ सय ३७ वटा कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता शेयर ४ अर्ब ७७ कराेड ४७ लाख रुपैयाँमा किनबेच भएको छ ।
हिजाे ३ सय २८ वटा कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर ५ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
















