महुली लघुवित्त वित्तीयको संस्थापक शेयर बिक्रीमा  - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

महुली लघुवित्त वित्तीयको संस्थापक शेयर बिक्रीमा 



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ हजार २८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

पहिलो चारणमा उक्त शेयरमा विद्यमान संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् ।  ३५ दिन भित्र संस्थापक शेयर धनीले उक्त शेयर खरिद नगरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । 

शेयर खरिदका लागि हाल भएको संस्थापक शेयर धनीले आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने छ । 


प्रतिक्रिया दिनुहोस्