एलआइसी नेपालसहित यी ८ कम्पनीको आजसम्म शेयर किन्दा प्रस्तावित लाभांश पाइने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एलआइसी नेपालसहित यी ८ कम्पनीको आजसम्म शेयर किन्दा प्रस्तावित लाभांश पाइने



काठमाडौं । बुधबार ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ८ कम्पनीले साधारण सभा प्रयोजनका लागि भोलि पुस १७ गते बुक क्लोज गर्दै छन् । त्यसैले आजसम्म सेयर किन्ने शेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश पाउनेछन् ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो ।

ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.०३९६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभा पुस ३० गते बस्नेछ ।

निर्धन उत्थान लघुवित्तले चुक्ता पुँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ । संस्थाको वार्षिक साधारण सभा पुस ३० गते आयोजना हुनेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको २४औँ वार्षिक साधारण सभा पनि पुस ३० गते बस्नेछ ।

महुली लघुवित्त वित्तीय संस्थाले कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसमा ४.७२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समावेश छ ।

चिलिमे हाइड्रोपावर कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई पुस ३० गते हुने साधारण सभाले अनुमोदन गर्नेछ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको साधारण सभा पनि पुस ३० गते हुने भएको छ ।

इमर्जिङ नेपालले ५.२६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभा पुस २८ गते बस्नेछ ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई पुस ३० गतेको साधारण सभाले अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्