स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी छनोट
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बेचन गिरी नियुक्त भएका छन् । उनलाई पुस १६ गते बिहान ७:१५ बजे बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव चन्द्र मणि चौलागाईले जनकारी दिए ।
चौलागाईका अनुसार यस अगाडिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको पदावधि पुस १५ गते सकिएकाले गरीलाई पुस १६ गतेदेखि लागु हुने गरी अध्यक्षमा नियुक्त गरिएको हो ।
गिरी स्वावलम्बन विकास केन्द्रबाट प्रतिनिधित्व गर्छन् । केन्द्रबाटै गोकुल प्याकुरेल पनि कम्पनीको सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेबाट प्रतिनिधित्व हुने गरी जयेन्द्र विक्रम शाह पनि सञ्चालकमा मनोनयन भएका छन् ।













