शेयर बजार १० अंकले बढ्यो  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजार १० अंकले बढ्यो 



काठमाडौं । आज बुधवार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ । आज नेप्से ०.४१ प्रतिशतले बढेर परिसूचक २६३३.७६ विन्दुमा पुगेको छ । 

बजार बन्द हुँदा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ९८१ पटक शेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्