मेटलाइफ नेपालद्वारा सरकारको पुन:निर्माण कोषलाई आर्थिक सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मेटलाइफ नेपालद्वारा सरकारको पुन:निर्माण कोषलाई आर्थिक सहयोग



काठमाडौँ । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । यस हप्ता मेटलाइफ नेपालले माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ ।

देशको भौतिक संरचनाहरूको पुन:निर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्