नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित



काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौले सम्मानित गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यता सम्मान भएको हो ।
सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा यस कम्पनीले दरबारमार्ग स्थित प्रहरी कार्यालयको पुन:सम्भार र पुन:स्र्थापनामा गरेको सहयोगको सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट सो कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले १७ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुन:स्थापनामा यस कम्पनीले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो ।

यस अगावै पनि यस कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो । साथै काठमाडौँको बसपार्क स्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ यस कम्पनीले ६० हजार रुपैयाँको र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो ।

गत भाद्र २३ र २४ गते भएको जेन्जी प्रदर्शन र आन्दोलनको क्रममा देशैभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुननिर्माण आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफले विभिन्न खालका कार्यक्रमहरु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको छ ।

आगामी दिनमा पनि आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।


प्रतिक्रिया दिनुहोस्