अंग्रेजी नयाँ वर्ष लागेको सातामा ३५ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अंग्रेजी नयाँ वर्ष लागेको सातामा ३५ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 



काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ सुरु भएको पुस महिनाको तेस्रो साता अर्थात् पुस १३ गते देखि १७ गतेसम्म शेयर बजारका लागि सुखद साता साबित भयो । राजनीतिज्ञ चहलपहल हुँदा सातामा एक दिन बजार बढोत्तरीले पुरै साताको बजारलाई सकारात्मक प्रभाव पार्‍यो । 

नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र लोडसेडिङ अन्त्य गरेका कुलमान घिसिङ एउटै ठाउँमा आए । 

साताको पहिलो दिन अर्थात् आइतबार बिहान ४ बजे रवि र बालेनबीच सहकार्य गर्न साथ त्यो दिनको शेयर बजारमा समेत उछाल आएको थियो । रवि बालेन मिल्दा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अंकले बढेको थियो । 

सोही नेप्सेको बढाइलेनै दुई दिन बजार घट्दा समेत पुरै सातामा ३५ अंकको बढोत्तरी देखियो । अघिल्लो साताको बिहीबार २५८५.८७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्त्यसम्ममा आइपुग्दा बढेर २६२०.९२ विन्दुमा पुगेको छ । 

यो साता नेप्से परिसूचक उच्चतम २६४३.६२ विन्दु(बुधवार) र न्यूनतम २५८६.१४ विन्दु(आइतबार) पुगेको थियो । साताभर बजारमा ५७ अंकको उतारचढाव देखियो । 

पुस १५ गते तमु ल्होसार परेका कारणले गर्दा एक दिन शेयर बजार बन्द हुँदा सातामा ४ दिन मात्र शेयर कारोबार हुँदा २ दिन बजार बढ्यो भने २ दिन बजार घट्यो । 

पुरै सातामा २० अर्ब १५ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा दैनिक भने ५ अर्ब ३ करोड ८७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भयो । 

चार दिनको अवधिमा ४ करोड ५६ लाख ५ हजार ११ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा दैनिक १ करोड १४ लाख १ हजार २५३ कित्ता शेयर कारोबार भयो । 

साताभर २ लाख ८७ हजार १८७ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा दैनिक ७१ हजार १९७ पटक शेयर किनबेच भयो । औसतमा दैनिक ३३६ वटा कम्पनी कारोबारमा आयो । 

यसरी हेर्दा कारोबारको हिसाबले पनि यो सातामा सकारात्मक देखियो । लगानीकर्ताले केही प्रफिट बुक गरेको जस्तो देखिए पनि बजारले भने उकालो यात्रानै गर्ने खोजेको देखियो । 

कुन दिन कस्तो थियो बजार ? 

यो साताको सुरुवातै शेयर बजारको सकारात्मक रूपमा सुरुवात भयो । साताको पहिलो दिन आइतबार नेप्से ४७.५५ अंकले बढेर रवि र बालेनको समहमिलाई स्वागत गर्‍यो । उक्त दिन नेप्से १.८३ प्रतिशतले बढेर परिसूचक २६३३.४२ विन्दुमा पुग्यो । 

आइतबार दिनभरमा नेप्सेमा कुनैखालको उतारचढाव भने देखिएन । पुरै बजार उकालो शैलीमा बढेको बढै जस्तो भएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६३३.८० विन्दु र न्यूनतम २५८६.४१ विन्दु कायम भएको थियो । 

अघिल्लो साता ३–४ अर्बमा सीमित रहेको कारोबार आइतबार भने बढेर ५ अर्ब बढीको भयो । आइतबार ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर कारोबार भयो । 

आइतबार दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार २५१ पटक शेयर किनबेच भयो । 

आइतबार उच्च अंकले वृद्धि भएको नेप्सेमा सोमबार भने ब्रेक लाग्यो । सोमबार नेप्से १०.५३ अंकको गिरावट आयो । उक्त दिन ०.४० प्रतिशत नेप्से घट्ता परिसूचक २६२२.८८ विन्दुमा आयो । 

सोमबार नेप्सेमा २४ अंकको उतारचढाव आएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६४२ विन्दु र न्यूनतम २६१८ विन्दुसम्म पुगेको थियो । 

बजार घटेसँगै कारोबार रकममा समेत ओरालो लागेको थियो । सोमबार ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३७ हजार ३०७ कित्ता शेयर कारोबार भयो । 

उक्त दिन ६९ हजार ५४८ पटक शेयर किनबेच हुँदा ३३७ वटा कम्पनी कारोबारमा आएको थियो । 

मंगलबार लोसार परेकाले गर्दा सार्वजनिक बिदा हुँदा शेयर बजार खुलेन । तर, बुधवार भने शेयर बजारमा फेरी सुधार देखियो । बजार बन्द हुँदा बुधवार १०.८७ अंकले बढ्यो । 

बुधवार नेप्से ०.४१ प्रतिशतले बढेर परिसूचक २६३३.७४ विन्दुमा पुग्यो । उक्त दिन नेप्सेमा २१ अंकको उतारचढाव आउँदा परिसूचक उच्चतम २६४३ विन्दु र न्यूनतम २६२२ विन्दुमा पुगेको थियो । 

नेप्सेको बढोतरिसँगै फेरी कारोबार रकमा पनि बुधवार सुधार आएको थियो । बुधवार दिनभरमा ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड १९ ला ४६ हजार ३३३ कित्ता शेयर कारोबार भएको थियो । 

उक्त दिन दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ९८१ पटक शेयर किनबेच भएको थियो । 

साताको अन्तिम दिन भने फेरी बजारमा करेक्सन आयो । बिहीबार बजार बन्द हुँदा नेप्से १२.८३ अंकले घटेर बन्द भयो । उक्त दिन नेप्से ०.४८ अंकले घटेर परिसूचक २६२०.९२ विन्दुमा आयो । 

बिहीबार बजारमा ४० अंकको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २६३७ विन्दु र न्यूनतम २६१३ विन्दुसम्म आएको थियो । 

बजार घटेको दिन फेरी कारोबार रकम घट्यो । उक्त दिन ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको मात्र कारोबार भयो । बिहीबार दिनभरमा ३३६ वटा कम्पनी कारोबारमा आउँदा १ करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर ६७ हजार ४०७ पटक किनबेच भयो । 


प्रतिक्रिया दिनुहोस्