२४ भदौ २०८३, बुधबार

एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गर्ने 



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंक समक्ष पूर्व सहमतिका लागि अनुरोध गरेको छ । 

कम्पनीको आज बसेको ७४६ औँ सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय भएको कम्पनी सचिव कमल खड्काले जनाकारी दिए । 

खड्काका अनुसार बैंकले २:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसमा चुक्ता पुजी १४ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ बराबरको हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।