सोल्टी होटलको साधारण सभाले पारित गर्यो लाभांश प्रस्ताव
काठमाडौं । सोल्टी होटल लिमिटेडको वार्षिक साधारण सभाले साढे १६ प्रतिशत लाभांश पारित गरेको छ । होटलको ५१औँ वार्षिक सभाले उक्त लाभांश पारित गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको १६।५७८९४७३७ प्रतिशत नगद लाभांश पारित गरेको हो । साथै, कम्पनीले वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयर धनीहरुबाट तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका शेयर धनीहरुलाई १५.५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सोही अनुसार लिन मन्जुर तथा चुक्ता पुँजीलाई वृद्धि गर्न स्वीकृति प्रदान गर्ने । निर्णय समेत पारित गरेको छ ।















