डिप्रोक्स लघुवित्तको डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

डिप्रोक्स लघुवित्तको डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना



काठमाडौं । डिप्रोक्स र ईसेवाको आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानी सम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरूलाई वीरगन्ज, पर्सामा उक्त तालिम दिइएको हो । 

उक्त तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबार प्रवर्द्धन गर्नु तथा ईसेवा मार्फत सहज रूपमा इएमआई भुक्तानी गर्न सदस्यहरूलाई प्रोत्साहन गर्नु भएको कम्पनीले जनाएको छ । 

समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि विशेष ध्यान दिएको लघुवित्तको भनाई छ । 

सदस्यहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी महत्त्वपूर्ण जानकारीले आफूहरूलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोही अनुरूप डिजिटल वित्तीय सेवा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्