नेपाल एसबिआई बैंकको साधारण सभाले पारित गर्यो ९ प्रतिशत लाभांश
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको वार्षिक साधारण सभाले ९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको शुक्रवार भएको ३२औँ वार्षिक सभाले उक्त लाभांश पारित गरेको हो ।
कम्पनीले कम्पनीको वितरणयोग्य नाफाबाट शेयर धनीलाई ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर समेत गरेर प्रस्ताव गरेको थियो ।
शुक्रवार बसेको सभाले उक्त लाभांश पारित गरेको कम्पनी सचिव खगेश्वर भट्टले जानकारी दिए । सभाले मर्जरमा गर्ने निर्णय समेत पारित गरेको छ ।
















