दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबार रकम साढे ६ अर्ब नजिक - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबार रकम साढे ६ अर्ब नजिक



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २८.७३ अंकले बढेर २६ सय ३९ दशमलव ३७ बिन्दुमा पुगेको छ।

हिजो शेयर बजार परिसूचक नेप्से १० दशमलव २९ अंकले घटेर २ हजार ६ सय १० दशमलव ६३ विन्दुमा झरेको थियो ।

आज सबै समुहकाे सेयर बढेकाेमा उत्पादन तथा प्रशाेधन समुह ३.०५, विकास बैंक समुह २.७० र हाेटल तथा पर्यटन समुह २.५३ प्रतिशत बढेकाे छ।

नेप्से परिसूचक सँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँका कारोबार भएको छ ।

हिजो ३ सय २३ वटा कम्पनीको १ करोड २ लाख कित्ता शेयर ५ अर्ब १ करोड रुपैयाँमा किनबेच भएको थियो ।

यसदिन ५ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केवल कार र रू रू जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै बाराहि हाइड्रोपावर र दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य कुमशः ९.९८ र ९.५४ प्रतिशत बढेको छ।


प्रतिक्रिया दिनुहोस्