दाेस्राे दिन पनि बढ्याे नेप्से, फाइनान्समा आकर्षण, ७ अर्ब नाघ्याे काराेबार - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

दाेस्राे दिन पनि बढ्याे नेप्से, फाइनान्समा आकर्षण, ७ अर्ब नाघ्याे काराेबार



काठमाडौं । लगातार दाेस्राे दिन मंगलबार पनि सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६ सय ४९ दशमलव ३० बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ। आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ कराेड ३३ लाख ६५ हजार रूपैयाँ बराबरकाे कारोबार भएको छ ।

हिजो ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँका कारोबार भएको थियो ।

आज हाेटल तथा पर्यटन र उत्पादन तथा प्रशाेधन समुहकाे सेयर घटेकाे छ भने बाँकी सबै समुहकाे सेयर बढेकाे छ । यसदिन फाइनान्स समुह सर्वाधिक २.८७ प्रतिशत बढेकाे छ ।

आज १४८ कम्पनीकाे सेयर मूल्य बढेकाेमा जीवन विकास लघुवित्तकाे सेयर मूल्य ९.९७ र थ्रिस्टार हाइड्राेपावरकाे ९.५४ प्रतिशत बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्