१३ अंकले घट्यो नेप्से, सवा ५ अर्बमा खुम्चियो कारोबार - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

१३ अंकले घट्यो नेप्से, सवा ५ अर्बमा खुम्चियो कारोबार



काठमाडौं । दुई दिन लगातार बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १३.३५ अंकले घटेर २६ सय ३५ दशमलव ९४ विन्दुमा झरेको छ।

नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ । आज ३२३ कम्पनकिो १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर ५ अर्ब १७ कराेड ५० लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजो ३ सय ३४ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज फाइनान्स बाहेक सबै समुहको सेयर घटेको छ । यसदिन सर्वाधिक होटल तथा पर्यटनको १.४२ र उत्पादन तथा प्रशोधन समुहको सेयर १.१२ प्रतिशतले घटेको छ

यसदिन १८७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ६२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ । यस्तै १० कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्