आइजीआई प्रुडेन्सियलकाे २८औँ वार्षिक साधारण सभाबाट ५ प्रतिशत नगद लाभांश पारित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइजीआई प्रुडेन्सियलकाे २८औँ वार्षिक साधारण सभाबाट ५ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

बिहिबार काठमाडौंको नक्सालमा आयोजित सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुंच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने र यही मान्यतालाई आत्मसाथ गर्दै बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्य रहेको बताए ।

बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउंदै बीमितको हकहितको संरक्षण गर्दै आफ्नो दायित्वप्रति कम्पनी सदैव प्रतिबद्ध रहंदै आएको उने बताए ।

यस्तै उक्त सभाले समिक्षा वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताप पनि सर्वसम्मतीबाट स्वीकृत गरेको छ।

त्यसैगरी सभामा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने जानकारी दिइएको छ ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अरब ४४ करोडको दावी परेको छ भने असोज १८ गते देखिको अविरल बर्षा, बाढी पहिरोबाट करिब ४ अरब बराबरको दावी परेको कम्पनीले जानकारी दिएको छ ।

यद्यपी, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमश: सुदृढ हुंदै जाने अपेक्षा गर्दै दीर्घकालिन रुपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने बिचार व्यक्त गर्नुभयो ।

सभामा ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको बर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिंदै आएको र चालु आर्थिक बर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको बताए ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने व्यहोरा सभालाई जानकारी दिए ।

चुक्ता पूंजी रु.३ अरब २ करोड सहित निर्जीवन बीमा कम्पनीहरुमा सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा कम्पनी रहेको छ । कम्पनीको व्यावसायमा पनि क्रमिक रुपमा वृद्धि हुंदै गएको छ । समीक्षा आबमा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र व्याजदरमा आएको कमीका कारण व्यावसय वृद्धि हुने अवेक्षा गरिएको थियो तर बैंकको कर्जाको व्याज एकल अंकमा आउंदा समेत अपेक्षाकृत ऋण लगानीमा वृद्धि हुन सकेन जसको वावजुत आषातित व्यावसाय समेत वृद्धि हुन सकेन त्यसैगरी नेपाल सरकारको विकास खर्च न्यून भएबाट देशमा ठूला ठूला आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको पनि श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्