साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनाे सुधार, काराेबार रकम भने घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। यस साता दुई दिन बढेर दुई दिन घटेको सेयर बजार आज ४.५९ अंकले बढेर २६ सय ४० दशमलव ५४ बिन्दुमा रोकिएको छ।
यसदिन नेप्से झिनो अंकले बढेपनि कारोबाररकम भने घटेको छ। आज ३२८ कम्पनीको १ कराेड ४ लाख ३१ हजार ७६० कित्ता सेयर सेयर किनेबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो ३ सय २३ वटा कम्पनीको १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको थियो ।
आज फइनान्स, लगानी, माइक्राेफाइनान्स, म्युच्युअल फण्ड, व्यापार र अन्य समुहकाे सेयर घटेकाेमा बाँकी सबै समुहकाे सेयर बढेकाे छ।
आज १२९ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ११५ वटाकाे घटेकाे छ । यस्तै १५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । यसदिन सान्भी इनर्जी र एसवाई प्यानल नेपालको शेयर क्रमशः ८.१६ र ५.७१ प्रतिशतले बढेको छ ।
















