साताको शेयर बजार : २६०४ देखि २६६२ को विन्दु वरिपरि, नेप्से १९ अंकले बढ्यो
काठमाडौं । पुस महिनाको चौथो साता अर्थात् पुस २० गतेदेखि २४ गते सम्म शेयर बजार सामान्यनै देखियो । सातामा खासै त्यस्तो ठूलो अंकको वृद्धि नदेखिए पनि ठुलो अंकको गिरावट समेत नआएका कारण शेयर बजार सकारात्मकै देखियो ।
यो साता शेयर बजार २६०४ देखि २६६२ विन्दु बरिपरिनै रयो । साताको पहिलो दिन नेप्से परिसूचक साताको बसैभन्दा न्यूनतम विन्दु २६०४ मा देखियो भने बुधवार सबैभन्दा उच्च विन्दु २६६२ विन्दुसम्म परिसूचक पुग्यो ।
सातामा शेयर बजारमा ५८ अंकको उतारचढाव आउँदा समग्र सातामा भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.६१ अंकले बढ्यो । अघिल्लो साताको बिहीबार २६२०.९२ विन्दुमा रहेको परिसूचक समग्रमा यो साताको बिहीबारसम्म आइपुग्दा बढेर २६४०.५४ विन्दुमा आयो ।
सातामा ३ दिन बजार बढ्दा २ दिन बजार घटेको थियो । तर, औसतमा हेर्दा दैनिक करिब ४ अंकले बढेको देखियो ।
कारोबार रकमको हिसाबमा यो सातालाई हेर्दा अन्तिम बिहीबार बाहेक अन्य दिन भने सकारात्मकै देखियो । औसतमा दैनिक ५ अर्ब ७३ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा पुरै सातामा भने २८ अर्ब ६९ करोड ७८ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
५ दिनको अवधिमा ५ करोड ८६ लाख ३० हजार ७९५ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा भने १ करोड १७ लाख २६ हजार १५९ कित्ता शेयर कारोबार भयो ।
सातामा पुरै ३ लाख ९४ हजार ७८९ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ७८ हजार ९५८ पटक शेयर किनबेच भयो । दैनिक औसतमा ३२९ वटा कम्पनी कारोबारमा आए ।

कुन दिन कस्तो थियो बजार ?
यो साताको सुरुवात शेयर बजारले रातो झन्डा देखाएर सुरु भएको थियो । साताको पहिलो दिन आइतबार नेप्से १०.२९ अंकले घटेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.३९ प्रतिशतले घटेर परिसूचक २६१०.६३ विन्दुमा आएको थियो ।
आइतबार नेप्से १४ अंकको उतारचढाव आउँदा नेप्से परिसूचक न्यूनतम २६०४ विन्दु र उच्चतम २६१८ विन्दुसम्म पुगेको थियो ।
कारोबारको हिसाबले भने आइतबार सन्तोकजनकनै देखियो । आइतबार बजार अवधिभर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर कारोबार भयो । उक्त दिन ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार ७०२ पटक शेयर किनबेच भएको थियो ।
सोमबार भने शेयर बजारले न्युटन लियो । सोमबार नेप्से २८.७२ अंकले बढेर बजारमा उत्साह छायो । उक्त दिन नेप्से १.१० प्रतिशतले बढेर परिसूचक २६३९.३७ विन्दुमा पुग्यो ।
हरियाली छाएको सोमबार बजारमा ३० अंकको उतारचढाव देखिँदा नेप्से परिसूचक न्यूनतम २६०९ विन्दु र उच्चतम २६३९ विन्दुसम्म पुग्यो ।
सोमबार बजारको उकालो यात्रामा कारोबारले समेत साथ दिएको थियो । उक्त दिन ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर कारोबार भएको थियो । सोमबार दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा ८४ हजार ९९० पटक शेयर किनबेच भएको थियो ।
बजारको हरियाली यात्रा मंगलबार पनि कायम रहेको थियो । मंगलबार नेप्से बन्द हुँदा ९.९३ अंकले बढेर बन्द भयो । उक्त दिन नेप्से ०.३७ प्रतिशतले बढेर परिसूचक २६४९.३० विन्दुमा पुग्यो ।
सोमबार बजारमा २१ अंकको उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६६२ विन्दु र न्यूनतम २६३९ विन्दुसम्म पुगेको थियो ।
मंगलबारको हरियालीलाई कारोबार रकमले समेत साथ दिएको थियो । मंगलबार दिनभरमा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३३४ वटा कम्पनी कारोबारमा आउँदा ८८ हजार ३६२ पटक शेयर किनबेच भएको थियो ।
दुई दिन लगातार बढेको शेयर बजारमा बुधवार भने ब्रेल लागेको थियो । बुधवार नेप्से १३.३५ अंकले घटेर बजारको हरियाली यात्रामा ब्रेक लागेको थियो । उक्त दिन नेप्से ०.५० प्रतिशतले घटेर परिसूचक २६३५.९४ विन्दुमा आएको थियो ।
उक्त दिन बजारमा २४ अंकको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २६५४ विन्दु र न्यूनतम २६३० विन्दुसम्म पुगेको थियो ।
बुधवार बजार घटेसँगै कारोबार रकममा पनि २ अर्बको गिरावट देखियो । उक्त दिन दिनभरमा ३२३ वटा कम्पनीको ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक किनबेच भयो ।
साताको अन्तिम दिन भने बजारले हरियो भएर बन्द भयो । बिहीबार नेप्से ४.५९ अंकले बढेर बन्द भयो । उक्त दिन नेप्से ०.१७ प्रतिशतले बढेर २६४०.५४ विन्दुमा परिसूचक पुग्यो ।
उक्त दिन बजारमा १४ अंकको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २६४० विन्दु र न्यूनतम २६२६ विन्दुसम्म पुगेको थियो ।
अन्तिम अवस्थामा नेप्से बढे पनि कारोबारले भने बिहीबारलाई साथ नदिएको देखियो । बिहीबार दिनभरमा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ४ लाख ३१ हजार ७६० पटक शेयर किनबेच भयो । उक्त दिन ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६९ हजार २६१ पटक शेयर किनबेच भयो ।
















