लघुवित्तले चेक मार्फत कारोबार गर्दा एसी पेको सीमा घट्यो
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले चेक मार्फत कारोबार गर्दा एकाउन्टपेयी चेक (एसी पे)को सीमा घटेको छ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै सीमा घटाइएको हो ।
माघ १ गतेदेखि लागु हुने गरी ५ लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक मार्फत गर्न राष्ट्र बैंकको निर्देशन रहेको छ ।
राज राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेले एकीकृत निर्देशन जारी गरेका छन् ।
यस अगाडि यो सीमा १० लाख वा त्यो भन्दा माथि भए मात्र गर्नु पर्ने थियो ।













