५.५४ अंकले घट्याे नेप्से, काराेबार रकम भने साढे ६ अर्ब नजिक - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

५.५४ अंकले घट्याे नेप्से, काराेबार रकम भने साढे ६ अर्ब नजिक



काठमाडाैं । साेमबार सेयर बजारमा सामान्य गिरावट आएकाे छ । आज ५.५४ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक २६ सय ३५ बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लाे काराेबार दिन गत बिहिबार ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज विकास बैंक, हाेटल तथा पर्यटन, युच्युअल फण्डकाे सेयर बढेकाेमा स्वाधिक उत्पादन तथा प्रशाेधन समुहकाे सेयर १.०२ प्रतिशत बढेकाे छ । यस्तै बाँकी सबै समुहकाे सेयर घटेकाेमा व्यापार समुह सर्वाधिक १.१६ प्रतिशत घटेकाे छ ।

आज ७५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७८ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ७ कम्पनीकाे सेयर मूल्य स्थिर छ।

घटेकाे बजारमा आज एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ।


प्रतिक्रिया दिनुहोस्