हिमालयन लघुवित्तको १४औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएकोे छ ।
वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को वित्तीय अवस्थाको विवरण, ७ प्रतिशत लाभांश वितरण तथा संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी चार (४) वर्षको कार्यकालका लागि सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तब्य राखेका थिए भने सभाका अध्यक्ष बिजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गरे ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८१ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु. ५ अर्ब रहेको छ ।













