छिमेक लघुवित्तको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
पुस २९ गते मंगलवार संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८१÷८२ मा १ अर्व २१ करोड ५४ लाख २५ हजार २४० रुपैंया ३७ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
शेयरधनीहरुलाई आ.व.२०८१÷८२ को मुनाफावाट १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर गरि कुल २५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ ।
त्यसैगरी यस वित्तीय संस्थाको चुक्ता पूँजी रु ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैंया बाट बृद्धि गरि ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैंया ५० पैसा पु¥याउने निर्णय समेत यस साधारण सभाले गरेको छ ।
यस असरमा प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजना बारे जानकारी गराए ।
साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागि प्रकाश राज विष्ट निर्विरोध निर्वाचित भएका छन् ।













